जनकपुरधाम । धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा आज युवाहरूले वडा देखि पालिकासम्म ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो।

लक्ष्मीनियाँ गा.पा वडा-१ को वार्षिक बजेट ९५ लाखको योजना वारे सोधपुछ गर्न आवश्यक ठान्ने युवा बुद्धिजीवीको निधो थियो।

सबै ठिकै चल्दा सोहनी जागरण समाज का युवाहरू ज्ञानपन पत्र लिएर बुझाउन पुगेका थिए।

वडा अध्यक्षले ज्ञापनपत्र बुझिसकेपछी उनीहरको चढाइ गाउँपालिका तिर रहियो ।

पालिकामा कर्मचारीले पत्र बुझिसक्दा अब मेयर(नगर प्रमुख) समक्ष पनि सोही पत्र बुझाउन पुग्दा सुरक्षाकर्मीले रोकेको छ।

पटक पटक अग्रह गर्दापनि अध्यक्ष ज्युले कार्यकक्ष भित्र छिर्न नदिएको युवा नेता तथा लक्ष्मीनियाँ गाउँपालिक वडा न.१ का वडा सदस्य उदय यादव ले जानकारी दिए।

यादवको भनाइ अनुसार अध्यक्ष ज्युले ठाडो शैलीमा म (उदय यादव) लाई प्रवेश गर्न नदेउ साथै कुनै किसिमको गुनासो सुन्नबाट समेत मनाही गरेका छ्न।

गाउँपालिका लाई आफ्नै दरबार ठानी तानाशाही शासन चलाएर जनगुनासो लाई ठाडै नकार्ने प्रवृतिले गर्दा जनतामा अनेकौं चिन्ता रहेको छ।

यसैगरी चल्यो भने कहिले कहाँ र कुन बेला जनता आफ्नो जिज्ञासा् राख्ने होला। आम जनसमुदायमा यो प्रशनको विषय बन्न गएको छ।