जनकपुरधाम । जनकपुरधाममा एक जनाको घरमा पानीको जारभित्र मरेको किरा भेटिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका- १६ बस स्टेन्डमा अभिशेक धाराले उत्पादन गरेको अभिशेक पिउने पानीको जारभित्र किरा भेटिएको छ ।
जनकपुरधाम स्थित वकिल टोलमा रहेको जगदिश साह ग्राहकले यस पल्ट लगाएर तेस्रो पटक रहेको यस्तै पानी यस कम्पनीले दिने गरेको छ ।
किरा भेटदा पटक पटक जार राम्रो दिनुस भन्दै आइरहेकोमा पनि अभिशेक धाराका संचालक धर्मलाल मंडलले सेवा प्रवाहमा आनाकानी गरी यस कुरामा ध्यान दिनुको सट्टा कुरा मिलाउन मात्र खोज्ने गर्छन भन्ने स्थानीय साहको कथन छ ।
उक्त धाराका प्रोप्राइटर मंडलले यसबारे मधेशटपको प्रशनमा उनले यसबारेमा थाह त भयो तर मैले भनेको छु कि जार बदलिदिन्छु, किरा त हुन्छ त्यो ठूलो कुरा छैन तर यस बारे यती भ्रम फैलाउने काम न गर्नुस बताएका छन्।
त्यस्तै, अबदेखी मिस्टेकले त्यस्तो भएको हुन सक्ने बताउँदै अब सुधार गर्ने प्रतिकृया दिएका छन् ।
जनकपुरधाममा आधा दर्जनभन्दा बढी पिउने पानीको उद्योग छ । तर, बारम्बार कुनै न कुनै समस्या पिउने पानीमा देखिएको छ ।