जनकपुरधाम । अगामी भदौ २९ गते हुन लागेको जनकपुर उद्योग वाणिज्य संघको निर्वाचनका लागि संघका वर्तमान सचिव फुल्देव पंडितले महासचिव पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
संघको कार्यसमितिमा उमेर र अनुभवको हिसाबले आफू जनकपुरका उद्योगी, व्यवसायीको हितमा परिपक्व नेतृत्व दिन आफ्नो उपस्थिति कायम रहनुपर्ने उनको कथन छ ।
मंगलबार जनकपुरमा मधेशटपर्कीसंग कुरा गर्दै उनले भने, ‘हिजोको जनकपुर र आजको जनकपुरमा धेरै फरक छ ।
यहाँ उद्योग र व्यवसाय सञ्चालन गर्न निकै चुनौतिहरु थपिदैछन् । यस्तो अवस्थामा मैले व्यवसायीको हितमा गरेको कामलाई निरन्तरता दिनुपर्ने साथीहरुको आग्रहको आधारमा महासचिव पदका लागि उम्मेदवारी घोषणा गर्दैछु ।’