जनकपुरधाम । जनकपुरधाम उद्योग बाणिज्य संघको महासचिवमा फुल्देव पंडितले उम्मेदवारी दर्ता गराएका छन् ।

शुक्रबार सबै उम्मेदवारहरुले आ-आफ्नो उम्मेदवारी दर्ता गराएसंगै जनकपुरधाम उद्योग बाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि भदौ २९ गते निर्वाचन हुने भएको छ ।

त्यसैगरी, अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन् । त्यसमा मनिष कुमार सुमन, जितेन्द्र प्रसाद साह, सुरेन्द्र कुमार भण्डारी माली रहेका छन् ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा मनोज कुमार साह , विकास कुमार चौधरी, अम्भु प्रसाद साह रहेका छन् ।

उपाध्यक्षमा लक्ष्मण साह, विश्वनाथ साह सुडी रहेका छन्।

महिला उपाध्यक्षमा रिंकु साह, माया कुमारी , सरिता ठाकुर रहेकी छन् ।

त्यस्तै,महासचिवमा फुल्देव पंडित, गणेश कुमार साह, अशोक कुमार चौधरी र सुधिर पञ्जियार रहेका छन्।

त्यसैगरी, सचिवमा नरेन्द्र विक्रम साह, राकेश पंजियार र गोपी कुमार साह रहेका छन्।

त्यस्तै, कोषाध्क्षमा रामचन्द्र पंजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साह रहेका छन् ।

त्यस्तै, एसोसिएट सदस्यमा दीपक कुमार साह र अभिषेक कुमार चौधरी रहेका छन्।

यस पटकको निर्वाचनमा कुल ४ हजार ७६ मतदाता रहेको निर्वाचन समितिका अध्यक्ष ललित कुमार साहले बताए ।