जनकपुरधाम । जनकपुरधामको जनकचोकस्थित होटेल राज घराना एण्ड फैमली रेष्टुरेण्टको शौचालयमा एक जना युवकको शव फेला परेको छ ।
सो शव अन्दाजी ३५ वर्षिय राज कुमार श्रेष्ठको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए ।
महोत्तरीको गौशाला नगरपालिका निवासी श्रेष्ठको शव भदौ १४ गते विहान पौने ९ बजे फेला परेको बताइएको छ
श्रेष्ठ होटलकै कर्मचारी रहेको बुझिएको छ । उनको हत्या भएको आशंकासमेत गरिएको छ ।
सो शव नाँगो अवस्थामा फेला परेको स्रोतले जनाएको छ । हत्या हो कि अन्य घटनाबारे अनुसन्धान जारी रहेको जिप्रका धनुषाले जनाएको छ ।