जनकपुरधाम । आगामी भदौ २९ गते जनकपुरधाम उद्योग वाणिज्य (जउवा) संघको नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ ।

नेतृत्वमा पुग्न तीनजना व्यवसायीले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन्  ।

अध्यक्ष पदका लागि  मनिषरमण साह,सुरेन्द्र भण्डारी र जितेन्द्र प्रसाद साहले उम्मेदवारी दिएका छन् । भने साह निर्वाचित हुने प्रवल सम्भावना देखिएको छ।

साह वर्तमान वरिष्ठ उपाध्यक्ष हुन भने भण्डारी निवर्तमान उपाध्यक्ष हुन् भने जितेन्द्र प्रसाद साह निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।

तीनै उम्मेदवारले आ आफ्नो गर्दै जित सुनिश्चित रहेको दाबी गर्छन ।

उम्मेदवारहरु आफ्नो पक्षमा माहौल बनाउनका लागि व्यापारी मतदातासमक्ष मत माग्नका लागि पुगिरहेका छन् । तर यी मध्ये सोना व्यवसायीको रुपमा परिचित एवं विभिन्न संघ संस्थासँग आबद्ध रही उद्योगी व्यवसायीहरुको हकहितमा वर्षौदेखि काम गर्दै आएका साहको नाम बढी चर्चामा रहेको देखिएको  छ ।

त्यसको प्रमुख कारण हो उनी सहयोगी भावनाका हुन् । उद्योगी व्यवसायीले चाहेको जति बेलापनि खोज्दा उनी सहयोगका लागि हरदम पुग्ने गरेका छन् । साह जउवा संघमा रहेर काम गर्ने मामिलामा अनुभवी चेहरा समेत  हुन् ।  पछिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा भने निर्वाचित भए  ।