राजबिराज । पत्रकार प्रवीण कुमार यादव रेखा यादव स्मृति पत्रकारिता पुरस्कार २०८१ ले सम्मानित हुनु भएकाे छ ।
उहाँलाई शनिवार नेपाल यादव सेवा समिति केन्द्रीय कार्यालय काठमाण्डाैमा नगद र प्रमाण-पत्र सहित सम्मान गरेकाे हाे ।
यादव कुलमा जन्म लिई पत्रकारिता क्षेत्रबाट देश, मधेश र यदुवंश समाजमा पुर्याएकाे याेगदानकाे उच्च मुल्याङ्कन गर्दै बुढीगंगा १ निवासी भुवनेश्वर यादवकाे साैजन्यमा पत्रकार यादवलाई नगद रू. ५ हजार सहित प्रमाण – पत्र प्रदान गरेकाे छ ।
सप्तरीकाे तिलाठी काेइलाडी ७ निवासी पत्रकार यादवले नेपाल रिपब्लिक मेडिया प्रालिद्वारा प्रकाशित रिपब्लिक दैनिक अंग्रेजी पत्रिकाबाट पत्रकारिता क्षेत्रमा प्रवेश गरेकाे थियाे ।
यादवले द गार्जन, द वायर, स्विस टिभि, स्विस पब्लिक रेडियाे, द नेउयाेर्क टाइम्स, फ्रेन्च टिभिमा काम गरेका छन् । साथै द काठमाण्डु पाेष्ट र रेकर्ड नेपालका लागिपनि स्तम्भकारकाे रुपमा काम गर्नु भएकाे छ ।
यस्तै उहाँले मिडिया कल्सन्टेन्टकाे रुपमा तराई हुमेन राइट डिफेन्डर्स एलाइन्स, एमनेस्टी इन्टरनेशनल नेपाल,प्लान इन्टरनेशनल, मुरीस्टाप्स इन्टरनेशनल र लुथेरन वर्ल्ड रिलाइफ जस्ता संस्थाहरूमा काम गर्नु भएकाे छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय मिडिया संस्थाहरू र गैर-सरकारी संस्थाहरूसँग स्वतन्त्र पत्रकार, स्तम्भकार, र मिडिया कन्सल्टेन्टको रुपमा उहाँ हाल कार्यरत हुनुहुन्छ। यादवले त्रिभुवन विश्वविद्यालय नेपालबाट अंग्रेजीमा स्नातकोत्तर र थाइल्याण्डस्थित महिडोल विश्वविद्यालयबाट मानव अधिकार तथा प्रजातान्त्रिकरणमा स्नातकोत्तर( डिग्री) हासिल गर्नुभएको छ ।
सन् २०१२ मा अमेरिकी सरकारद्वारा आयोजित अन्तर्राष्ट्रिय नेतृत्व कार्यक्रम (IVLP) का लागि छनौट भई अमेरिका जानुभएको थियो। साथै दक्षिण कोरियाको मेई १८ मेमोरियल फाउण्डेशनको अन्तर्राष्ट्रिय मामिला विभागमा १ वर्ष काम गर्नुभएको छ ।
उहाँ अमेरिका, दक्षिण कोरिया, फिलिपिन्स, चिन, थाइल्याण्ड, श्रीलंका र भारतमा काम र शिक्षाको सिलसिलामा पुगिसक्नु भएकाे प्रमाणहरू छन् ।