राजविराज । जसपा नेपाल निकट समाजवादी महिला संघ सप्तरीको कार्यसमिति विस्तार गरिएको छ ।
जिल्ला अध्यक्ष रमिलादेवी साहको अध्यक्षता तथा जसपा नेपाल केन्द्रीय सदस्य गिता यादवको विशेष उपस्थितिमा राजविराजमा शुक्रबार आयोजित विस्तारित बैठकद्वारा जिल्ला कार्यसमिति विस्तार गरिएको हो ।
“जनतासंग जसपा नेपाल” आधारभुत संगठन निर्माण अभियान अन्तर्गत आयोजित विस्तारित बैठकले रमिला देवी साहको नेतृत्वमा १५ सदस्य जिल्ला कार्यसमिति विस्तार गरिएको समाजवादी महिला संघ सप्तरीले जनाएको छ । समितिको उपाध्यक्षमा मन्जु खड्का, आशा झा, सचीव नितु पण्डित, सह-सचिब आशा कुमारी तामाङ र कोषाध्यक्षमा उषा कुमारी देव छन् ।
यसैगरी समितिको सदस्यमा आशा कुमारी साह, शोभा देव,आशा देवी साह, ममता दास, नविना खवास, गुल्सन खातुन, पार्वती चौधरी, रेखा मण्डल रहेका छन् ।
कार्यक्रममा जसपा नेपालका जिल्ला अध्यक्ष केदार प्रसाद यादव, सदस्य उषा साह,सरस्वती मण्डल, समाजवादी महिला संघ मधेस प्रदेश सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज सीता साह, प्रदेश सदस्य सावित्री पण्डित,विमला यादव, सुरुङ्गा नगरपालिकाकी कार्यपालिका सदस्य निर्मला कुमारी चौधरी, राजविराजकी घुरनी रजक लगायतका उपस्थिति रहेको थियो ।