उमेश कुमार साह,
सप्तरी। सप्तरीको बोदे बर्साईन नगरपालिका स्थित नगर ब्यापार समिति बोदे बर्साईनले क्यान्सर रोगबाट मृत्यु भएको अजय कुमार साहको परिवारलाई आर्थिक रकम सहयोग गरेको छ ।
बोदे बर्साईन नगर ब्यापार समितिका अध्यक्ष देव नारायण साहको नेतृत्वमा रकम मृतक साहको परिवारलाई सहयोग गरिएको हो ।
मृतकको घर बोदे बर्साईन नगरपालिका वडा नम्बर ५, बजारस्थित पुगेर उनकी श्रीमति गिरिजा कुमारी सोनार लाई नगर समिति अध्यक्ष देव नारायण साह र सप्तरी उधोग वाणिज्य राजबिराजका अध्यक्ष लालुप्रसाद अग्रवालको संयुक्त उपस्थितिमा उहाँको परिवारलाई रू ५१ हजार नगदसहित हस्तान्तरण गरिएको हो ।
मृतक अजय कुमार साहको २ छोरा र ३ छोरी छन् ।
सो क्रममा वडाध्यक्ष राजकुमार यादवले सहयोगी हातहरुप्रती विशेष आभार व्यक्त गर्दै वडाबाट हुने सहयोग र पालिकाको तर्फबाट मिल्ने सहयोगको लागि आफुले सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयाे ।
रकम हस्तानतरण कार्यक्रममा जिल्लाका प्रतिनिधि , बजार बासी, नगर समिति, सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।