महोत्तरी । महोत्तरीबाट एक क्वीन्टल लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महोत्तरीको एकडाडा गाउँपालिका वडा नं.५ बथनाहाको इट्टा भट्टा नजिकबाट शुक्रबार राति एक क्वीन्टल लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा एकडारा गाउँपालिका ५ का ३६ वर्षीय रमेश पासवान, वडा न.२ का रामलखन पासवान र जलेश्वर नगरपालिका वडा नं.७ का ५० वर्षीय सुरेश पासवान रहेका छन् ।

उनीहरुले पोका पारेर राखेके एक क्वीन्टल डेढल किलो गाँजा प्रहरीले बरामद गरेको हो । शसस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहिनी बर्दिबासबाट खटेको प्रहरी टोलिले उक्त गाँजासहित तीनजनालाई पक्राउ गरेको जनाएको छ ।

तीनैजनालाई गाँजासहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई जिम्मा लगाएको शसस्त्र प्रहरीले जनाएको छ ।