सप्तरी । नेपाली बजारमा सुनको मूल्य ७०० सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९२ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

शुक्रबार छापावाला सुन मुल्य प्रतितोला ९१ हजार ३०० मा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको १० रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।