सर्लाही । सर्लाहीमा सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको छ ।

सर्लाहीको हरीवन नगरपालिका ९ सुखेपोखरीमा हिजो साँझ भएको सवारी दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुनेमा नाम थर वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । गम्भीर घाइते भएका उनको उपचारको क्रममा नमुना अस्पताल हरीवनमा मृत्यु भएको हो । हिजो साँझ ६ बजे पैदल हिडीरहेका उनलाई तत्काल नम्बर नखुलेको सवारीले ठक्कर दिएको थियो । दुर्घटना पश्चात् फरार रहेका सवारी साधन सहति चालकको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय हरीवनले जनाएको छ ।

त्यस्तै, झापाको मेचीनगर नगरपालिका १२ पानी ट्याङकीमा गएराती मोटरसाईकल दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको बुद्धशान्ति गाउँपालिका २ बस्ने ३५ वर्षिय भिम प्रसाद पौडेल रहेका छन् । दुर्घटनामा गम्भिर घाईते उनको उपचारको क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मृत्यु भएको प्रहरी चौकी चारआलीले जानकारी दिएको छ ।

मे ९ प ६००३ नम्बरको मोटरसाईकलले बिग्रीएर रोकिराखेको को १ त ४०१६ नम्बरको ट्याक्टरको पछाडि ठक्कर दिदाँ गएराती पौने ९ बजे दुर्घटना भएको थियो ।