काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्व चयनका लागि २७ मंसिरमा निर्वाचन हुने भएको छ ।

२५ मंसिरको विहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोयन दर्ता, सोही दिन साँझ ५ देखि ७ बजेसम्म दाबी विरोध र जाँचबुझ, ७ देखि ९ बजेसम्म दाबी विरोध उपर निर्णय गर्ने तय गरेको छ। काँग्रेसले २४ मंसिरमा महाधिवेशन प्रतिनिधिहरुको नामावली प्रकाशन गर्नेछ ।

हाल सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको निर्वाचनको कार्यक्रम सार्वजनिक गरिसकेको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन देवनागरिक वर्णानुक्रम अनुसा २५ मंसिरको बेलुका ९ देखि १२ बजेसम्म तय गरेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ मंसिरको दिउँसो सवा १२ बजे तोकिएको छ ।

मतदान २७ मंसिरको विहान ८ बजेदेखि राष्ट्रिय सभागृह भृकुटी मण्डपमा तय गरिएको छ । सभापति पदको मतगणना राष्ट्रिय सभागृहमै गरिने उल्लेख छ । तर, दोस्रो चरणको मतदान गर्नुपर्ने भएमा लगत्तै गर्ने जनाइएको छ ।