सप्तरी । मौसममा आएको परिवर्तनसंगै देशभर चिसो बढ्न थालेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी राति र बिहानको समयमा तापक्रम घट्न थालेको हो । देशका उच्च हिमाली भेगको जनजिवन प्रभावित समेत हुन सुरु भएको छ ।

पछिल्लो बदलिले तराईमा पनि चिसो बढेको छ । हाल तराईका जिल्लामा हुस्सु लाग्न थालेको छ । ‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले जनाएको छ ।

आज देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा देखिएको छ । आज दिउँसो गण्डकी र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहनेछ महाशाखाद्वारा जारी खवरमा उल्लेख छ ।