सप्तरी । नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।

आज छापावाला सुन मुल्य प्रतितोलारु ९४ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

बिहिबार छापावाला सुन मुल्य प्रतितोला ९३ हजारमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको मुल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

यसैगरी, चाँदीको १५ रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला १२३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।