काठमाडौँ । मुस्लिम नेताहरुले केटीहरुको विवाहको उमेर १८ भन्दा धेरै नहुनुपर्ने माग गरेका छन्।

उनीहरुले केटीहरु विवाह गरेर पनि आफ्नो पढाइलाई निरन्तरता दिनसक्ने तर्क दिएका छन्।

विरोध गर्नेहरुमा सांसद शफीकुर्रहमान बर्क, देवबंदी उलमा मुफ्ती असद कासमी आबु आजमी, हफीजुल अंसारीलगायत छन्।

केही नेताहरुले भने उनीहरुको भनाइलाई लज्जाजनक भनेका छन्। उनीहरुको तर्कले केटीहरुको अपमान भएको उल्लेख गरेका छन्।