जनकपुरधाम । धनुषा र महोत्तरीका सयौं नेता कार्यकर्ता काठमाडौं पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को केन्द्रीय कार्यालयमा धर्ना बसेका छन् ।

अलोकतान्त्रिक विधि प्रक्रियाबाट प्रदेश र जिल्ला अध्यक्षहरु मनोनित गरेपछि धनुषा र महोत्तरीका सयौं नेता कार्यकर्ता काठमाडौं पुगेर लोसाप केन्द्रीय कार्यालयमा धर्ना सुरु गरेका हुन् । निर्णय सच्याउन आग्रह गरेपनि अध्यक्ष महन्थ ठाकुरले चासो नदेखाएपछि जनकपुरबाट आन्दोलन गर्न काठमाडौं आएका नेता संजय चौधरीले  बताए ।

चौधरीले भने यस लोसपाका अध्यक्ष  ठाकुरले अलोकतान्त्रिक तरिकाले धनुषामा प्रमेश्वर साह र अन्य जिल्ला तथा प्रदेशमा समेत अध्यक्ष मनोनित गरेको बताए । उनले अलोकतान्त्रिक तरिकाले गरेको निर्णय फिर्ता नलिए अझ आन्दोलन गर्ने चेतावनी दिए ।

यस्तै जनकपुरबाटै पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिन समेत  पुगेका चौधरी  भन्छन्- पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी हो । तर निर्णय भने अलोकतान्त्रिक तरिकाले गरिएको छ । त्यसैले आन्दोलन गर्न केन्द्रीय कार्यालय आएका छौं ।

धनुषा र महोत्तरीका नेता कार्यकर्ताहरु बस भाडा गरेर काठमाडौं पुगेका हुन् । उनीहरुले अलोकतान्त्रिक विधि प्रक्रियाबाट प्रदेश र जिल्ला अध्यक्षहरु मनोनित गरेको निर्णय फिर्ता नलिए अझै कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।