उमेश कुमार साह

१४ पुस , शुक्रबार

सप्तरी : बोदे बर्साईन नगरपालिकाको संयोजकमा तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विद्यालयस्तरका विद्यार्थीहरुलाई शैक्षिक वातावरण, सार्वजनिक स्थानमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्ध नेपाल प्रहरीको सुरक्षा जानकारी सम्बन्धी चेतनामूलक तथा लागू औसध सम्बन्धि कार्यक्रम, सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ सारस्वर-धनगडीमा रहेको माध्यमिक बिधालयमा सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।व्यक्तिको आत्म सम्मानमा ठेस पुर्याउनुका साथै मनोवैज्ञानिक नकरात्मक असर पारी लागु औसधबाट गम्भिर दुर्घटना समेत आउन सक्ने भएकाले अभद्र व्यवहार तथा लागु औसध विषयमा विद्यार्थीलाई जानकारी गराईएको इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहले जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय बोदे बर्साईनको मातहतमा पर्ने क्षेत्रका विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको हो । विशेष गरी कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बोदे बर्साईनका प्रमुख प्रहरी नायब निरीक्षक जय प्रकाश शाहको नेतृत्वमा बोदे बर्साईन नपा ३ सारस्वर-धनगडीको श्री ईस्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक बिधालयमा कार्यक्रम सञ्चालन गरिएको छ ।कार्यक्रममा श्री ईस्वरी हिया सुरैत जिलेवी जनता माध्यमिक विद्यालयका १ सय जना विद्यार्थीको सहभागिता रहेको प्रहरी प्रमुख शाहले जनाएको छ ।