मधेशटप डेस्क,फागुन १४
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका भू भागमा सामान्य बदली र बाँकी भू भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ।महाशाखाका अनुसार शनिबार दिउँसो देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य भू भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू भागका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्गर असिनासहित हल्का वर्षाको सम्भावना रहेको छ।
देशको उच्च पहाडी र हिमाली भू भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।
Discussion about this post