उमेश कुमार साह
सप्तरी ,३ चैत । उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले रंगहरुको चाड ‘होली पर्व–२०७८’ को अवसरमा समस्त सप्तरीवासीलाई शुभकामना दिएका छन् ।

अध्यक्ष अग्रवालले होलीजस्ता राष्ट्रिय पर्वले भातृत्व, आवसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्ने गरेको समेत बताएका छन् ।

होली पर्व–२०७८ को अवसरमा बिहीबार शुभकामना  दिँदै यस पर्वको सुखद अवसरमा सम्पुर्ण सप्तरीवासी तथा देश बिदेशमा रहेको दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, दीर्घायु एवं उतरोतर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ साथै होलीको अवसरमा प्रदेश सरकारले चैत्र ३ र ४ गते प्रदेशमा सार्बजनिक बिदा दिएको हुदाँ यस पर्वलाई शान्तिपुर्ण तरिकाले हर्षोल्लासका साथ मनाउन सम्पूर्ण सप्तरीबासीमा हार्दिक अह्वान व्यक्त गर्दछ । शरद ऋतुबाट वसन्त ऋतुको आगमन भएको सुखद् अवसरमा खुशीयालीस्वरुप विशेष उत्साह र उमङ्गका साथ मनाइने होली पर्वले छुट्टै मौलिकता,परम्परा र सांस्कृतिक महत्व बोकेको उधोग वाणिज्य संघ सप्तरीका अध्यक्ष लालु प्रसाद अग्रवालले शुभकामना व्यक्त गरेका छन।

होलीलाई नेपाल सरकारले राष्ट्रिय पर्व घोषणा गरेको छ । विभिन्न समुदायले मनाउने होली पर्वले छुट्टै मौलिक, परम्परा र साँस्कृतिक महत्व बोकेको छ ।

बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवं भौगोलिक विविधता र यही विविधतायुक्त धार्मिक, साँकृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन योगदान दिएका छन्’ अध्यक्ष अग्रवालले शुभकामना दिदै भनिएको छ,‘होली पर्वले पनि विविध धर्म र सँस्कृति मान्ने समस्त सप्तरीवासीहरुमा भातृत्व र अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी प्रेरणा र बल प्रदान गर्नेछ ।’

फागु, होली, फागु पूर्णे आदि नामले पुकारिन्छ होली पर्वलाई । तेत्रा युगमा भगवान विष्णुका परमभक्त प्रह्लादसँग जोडेर पनि हेरिन्छ होलीलाई । हिरण्यकश्यपका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा होलि पर्व सुरु भएको इतिहास छ ।