चैत ३, २०७८-सिन्धुपाल्चोक बलेफी गाउँपालिका १ जलबिरे स्थित आनन्द माध्यमिक विद्यालयका विद्यार्थीलाई शिक्षकले अन्धाधुन्ध कुटेका छन्।हाेली खेलेकाे निहुँमा बुधबार कक्षा ११ मा अध्यनरत ११ जना विद्यार्थीहरुलाई विद्यालय सहायक प्रध्यानध्यापक दिपक तामाङले कक्षामा लठ्ठीले हानेका हुन्।

शिक्षककाे कुटाइबाट विद्यार्थी दिपिका श्रेष्ठको ढाडमा नीलडाम र हात फ्याक्चर भएको छ  सीमा श्रेष्ठ, सप्रीना भुजेल, सम्झना श्रेष्ठ, राजकुमार सुनवार, विजय बहादुर भण्डारी, दिलिप श्रेष्ठ , नोर्माई स्याङ्बो समेत घाइते रहेका छन्।

पीडित विद्यार्थी पक्षले शिक्षकलाई कडा भन्दा कडा कारवाही गर्नको निमित्त प्रसासन समक्ष माग गरेकाे घाईते दिपिका श्रेष्ठको मामा राजन श्रेष्ठले बताए।कुटपिटकाे घटना मिलाउन राजनीतिको आडमा मिल्न अभिभावकलाई दबाब दिइरहेकाे श्रेष्ठले बताए।