चैत २० काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहानै जनकपुर गएका छन् ।

सहिद रामवृक्ष यादवका सहपाठी सन्तोषी यादवको निधन भएपछि प्रचण्ड श्रद्धाञ्जली व्यक्त गर्न  त्यहाँ गएका हुन् । तत्कालीन नेकपा माओवादीले १० वर्षे सशस्त्र संघर्ष सुरु नगर्दै २ भदौ २०५१ रामवृक्षको हत्या भएको थियो ।

पार्टी केन्द्रीय समितिको आह्वानमा अघिल्लो दिन जनकपुरमा भएको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा उनकोे हत्या भएको थियो ।