नवराज हुमागाईं – शनिवार नवजीवन परोपकार समाजले वार्षिक उत्सब सम्पन्न गरेको छ । जेष्ठ नागरिक आमा बुबा लगायत अन्य सडक मानवको उद्दार उपचार पुर्नंस्थापना गर्दै आईरहेको उक्त संस्थामा राख्ने ठाउँ अभाव भएको हुँदा नवजीनको चौथो वार्षिक उत्सब परेको दिन पारेर संस्थाले करिब १ सय जना बस्न मिल्ने अपाङ्ग मैत्री जेष्ठ नागरिक भवन निर्माण गर्न लागेको हो ।

राष्ट्रिय महिला आयोगको सदस्य कृष्णकुमारी पौडेलको प्रमूख आतिथ्यमा सम्पन्न  भएको थियो ।यसैगरी अन्य अतिथिहरुमा टेलिभिजनकर्मी प्रकाश सुवेदी,  नेपाल टेलिभिजनका कार्यक्रम निर्देशक दिपक समिर, डा. उदिप श्रेष्ठ, सूर्य किरण महिला समिति, धनेश्वर मेगा समिती, मदनकृष्ण शर्मा लगायतका रहनु भएको थियो ।

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरु मदनकृष्ण शर्मा,  शम्भु बडाल, सुशिल पाण्डे,कञ्चन गुरु, लामा गुरु लगायतलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।संस्थाका विभिन्न कार्यक्रममा उल्लेख्य सहयोग तथा कोरोनाको समयमा खटिएर काम गरेका विभिन्न संस्थाका पत्रकारहरूलाई सम्मान गरिएको थियो ।

तथा आजीवन सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ। कार्यक्रममा सचिव शान्ति तिवारीले मन्तव्य राख्नु भएको थियो ।अपाङ्ग मैत्री जेष्ठ नागरिक भवनको पहिलो तल्लामा योग ध्यान हुनेछ भने दोस्रो तल्ला अपाङ्ग मैत्री हुनेछ । भवन साढे तीन तल्लाको भन्नेछ ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै सभापति दुर्गानाथ दाहालले अपाङ्गमैत्री भवनले अपाङ्ग जीवन विताईरहेका धेरैलाई राहत पुग्ने विश्वास व्यक्त गर्नु भयो । संस्थालाई माया गरेर आज यहाँसम्म पु¥याउनु हुने सबैलाई धन्यबाद दिदैं अध्यक्ष दाहालले कार्यक्रम समापन गर्नू भयो ।