वुटवल : वडा प्रहरी कार्यालय बुटवल रामनगरको हिरासतमा एक युवाको घाँटी रेटिएको अवस्थामा लास भेटिएको हो।

शनिबार पक्राउ परेका रूद्रबहादुर नेपाली प्रहरी हिरासत भित्रै सोमबार दिउँसो घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले हिरासतमा रहेका नेपालीलाई घाँटी रेटेर आत्महत्या गर्न खोजेको अवस्थामा फेला पारिएको जानकारी दिए।

घटना विवरण अनुसार बुटवल औद्योगिक क्षेत्र तथा विभिन्न स्थानबाट तामाको तार चोरी भएको गुनासो बढ्दै गएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा नेपालीलाई ३ किलो तामाको तार कवाड पसलमा विक्री गर्दै गरेको अवस्थामा शनिबार साँझ पक्राउ गरेको थियो।

शनिबार राती र आइतबार दिनभर हिरासतमा सामान्य अवस्थामा रहेका नेपालीलाई सोमबार दिउँसो ३ बजेतिर घाँटीमा गहिरो चोट लागेर हिरासतभित्रै पल्टिएको अवस्थामा फेला परेका थिए।

प्रहरी नायब उपरिक्षक केसीका अनुसार मुद्दा चल्ने अवस्थाका अभियुक्तलाई ईलाका प्रहरी कार्यालय बुटवलमा पठाईने भए पनि नेपालीमाथि सोधपुछ र अनुसन्धान भईरहेकोले वडा प्रहरी कार्यालयको हिरासतमै एक्लै थिए।

सोही क्रममा धारिलो वस्तुले घाँटी रेटेर आत्महत्या गर्न खोजेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।

हिरासतमा रहेको शौचालयको साईफन फुटेको र त्यसको टुक्रासमेत फेला नपरेकोले सोही साईफनको टुक्राले घाँटी काटेको हुनसक्ने प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिए।

‘दिउँसै कम्बल ओढेर सुतेको देखेपछि गएर हेर्दा घाँटीमा गहिरो चोट लागेको फेला परेको थियो। तत्काल उनलाई उपचारको लागि अस्पताल ल्याएको हो,’ केसीले भने।

केसीले घाईते नेपालीको लुम्बिनी प्रादेशिक अस्पतालको आईसियूमा भेन्टिलेटरमा राखि उपचार भईरहेकोले घटनाबारे थप सोधपुुछ गर्न नसकिएको बताए।

उनले प्रहरीले कुनै पनि घटनामा संलग्नलाई कारवाही गर्नु स्वभाविक भए पनि हिरासतभित्र रहँदा उनीहरूको जिउज्यानको सुरक्षा गर्नु पनि प्रहरीको दायित्व भएकोले घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने बताईन्।

चिउडो मुनि घाँटीमै गहिरो चोट लागेकोले घटना संकास्पद भएको उनको भनाई छ।

‘हिरासतमा रहेको व्यक्ति यस्तो अवस्थामा फेला पर्दा प्रहरीलाई नै घटना कसरी भयो भन्ने थाहा नहुनु भनेको प्रहरी कार्यालयको गम्भीर लापरवाही हो, यसको सत्यतथ्य छानविन हुनुपर्छ।’ उनले भनिन्।

मनकुमारीले उपचारमासमेत प्रहरीले चासो नदिएको बताईन्। ‘२४ घण्टा नहुँदै ३०-३५ हजार रूपैयाँ खर्च भईसकेको छ, अहिलेसम्म म आफैंले ऋण खोजेर उपचार गरेकी छु,’ उनले भनिन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले हिरासतमा रहेका व्यक्तिले घाँटी रेटेर आत्महत्या गर्न खोजेको अवस्थाबारे थप अनुसन्धान सुरू गरिएको जानकारी दिए।