काठमाडौं : कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाले ३९ जना कर्मचारी करारमा माग गरेको छ।

राजपत्र अनंकित द्वीतिय श्रेणी सरह नायव प्राविधिक सहायक (कृषि, पशुपन्छीरमत्स्य) मा ३९ जना कर्मचारीका लागि विज्ञापन आह्वान गरिएको हो।

आयोजनाले नायब प्राविधिक सहायक (कृषितर्फ) २६ र पशुपन्छीरमत्स्यतर्फ १३ जना मागेको छ। १३ वैशाखसम्म नियमित र २० वैशाखसम्म दोब्बर शुल्क तिरेर दरखास्त दिन सकिनेछ।

आयोजना निर्देशकको कार्यालय हरिहरभवन वा आर्थिक करिडोर कार्यालय ९पाख्रिबास, धनकुटा, बर्दिबास, बुटवल र डडेल्धुरामा दरखास्त पेश गर्न सकिने छ।