काठमाडौं : सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा बुधबार ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

करेन्टबाट स्थानीय ६५ वर्षीय रामनारायण साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

नयाँ घरको छतमाथि रेलिङमा पानी हाल्दै गर्दा छतको माथि रहेको ११ हजार भोल्टको तारमा अचानक छुन जाँदा उनलाई करेन्ट लागेको थियो।

करेन्ट लागेर सिकिस्त भएका उनको तत्कालै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।