काठमाडौं

एजेन्सी : भारतमा पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसका १०५४ संक्रमित फेला परेका छन् । यतिबेला कोरोनाका १ हजार २५८ बिरामी निको पनि भए ।

भारतको स्वास्थ्य मन्त्रालयले जारी गरेको ताजा आँकडा अनुसार यतिबेला २९ कोरोना संक्रमितको मृत्यु पनि भएको छ ।

भारतमा अब कोरोनाभाइरसका कूल ११ हजार १३२ सक्रिय बिरामी छन् जुन हालसम्म भेटिएका संक्रमितको ०.०३ प्रतिशत हो । भारतमा अब कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा ५ लाख २१ हजार ६८५ पुगेको छ ।

हालसम्म कुल ४ करोड २५ लाख २४ हजार ५४ बिरामी निको भएका छन् ।