काठमाडौं : नेकपा एमालेले अर्थतन्त्र संकोटोन्मुख अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

देशको अर्थतन्त्रबारे तीन पूर्वअर्थमन्त्रीहरुलाई सहभागी गराएर पत्रकार सम्मेलन गर्दै एमालले आफूले सत्ता छाड्ने बेला सबल र सुदृढ रहेको अर्थतन्त्र अहिले संकटग्रस्त अवस्थामा पुगेको निष्कर्ष निकालेको हो ।

 

पूर्वअर्थमन्त्री डा। युवराज खतिवडाले एमालेका तर्फबाट प्रस्तुत गरेको प्रेश विज्ञप्तिमा अर्थतन्त्र संकटबारे १२ बुँदामा प्रष्ट्याउन खोजिएको छ ।

जसमा सरकारमाथि दर्जनौं आरोपहरु पनि छन् ।

पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र डा। युवराज खतिवडाले हस्ताक्षर गरेको विज्ञप्तिमा एमालेले अर्थतन्त्रबारे ३७ वटा निष्कर्षहरु निकालेर सरकारको गतिविधि अर्थतन्त्रमैत्री नभएको आरोप लगाइएको छ ।