युक्रेन : युक्रेनमा रुसले आक्रमण थालेयता कम्तीमा २० पत्रकारको हत्या भएको छ।

युक्रेनको नेशनल युनियन अफ जर्नालिस्टले सामाजिक सञ्जाल टेलिग्राममा पोस्ट गरेको जानकारी अनुसार गएको फेब्रुअरी २४ यता कम्तीमा २० पत्रकारको युद्धका क्रममा मृत्यु भएको हो।

युनियनले युक्रेनमा मारिएका पत्रकारको नामको सूचि सार्वजनिक गरेको छ । मारिने पत्रकारमा केही विदेशी पनि छन्।