काठमाडौँ : आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फिदिमबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
फिदिम नगरपालिका ५ का ४३ वर्षीय एक पुरुष आफ्नी १२ वर्षकी छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
घरमा कोही नभएको बेला उनले छोरीलाई करणी गरेका बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। आमाले उजुरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।
घटनाबारे थप अनुसन्धान सुरु गरिएको पाँचथर प्रहरीले जनाएको छ।
Discussion about this post