नयाँ दिल्ली : भारतमा आन्ध्र प्रदेशको इलुरु जिल्लाको अक्किरेड्डीगुडेममा रहेको एक रासायनिक कारखानामा आगलागी भएको छ। आगलागीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

 

घाइतेहरुको विजयवाडाको सरकारी अस्पतालमा उपचार भइरहेको इलुरुका प्रहरी उपरीक्षक देव शर्माले बताए ।

पोलिमर पावर उत्पादन गर्ने प्लान्टको रिएक्टरमा बुधबार राति आगलागी भएको आशंका गरिएको उनले बताए ।

नाइट्रिक एसिड, मोनोमिथाइल चुहिएपछि आगो लागेको थियो भने धेरै कामदार त्यसमा फसेका थिए ।

 

समाचार एजेन्सी पीटीआईका अनुसार सरकारी अस्पतालका डाक्टरले घाइते चार जनाको अवस्था चिन्ताजनक रहेको बताए ।

यस क्रममा मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस घटनाप्रति दुःख व्यक्त गरेका छन्।

उनले मृतकका आफन्तलाई २५ लाख, गम्भीर घाइतेलाई ५ लाख र सामान्य घाइतेलाई २ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन् । बीबीसी