काठमाडौं : छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई शिक्षकलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

मकवानपुरको बागमती गाउँपालिका-८, शान्तिपुरस्थित जनता माविका तीन जना शिक्षकमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो। उनीहरूमध्ये दुई जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको हो।

गएराति आरोपित शिक्षकद्वय लोकबहादुर विक र रुद्रबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय, हेटौंडा ल्याइएको छ। अर्का हेमबहादुर विक भने २५ चैतमा आफै प्रहरीको सम्पर्कमा आएका थिए।

तीनै जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए।