जनकपुरधाम : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस जनकपुरधाम नगरसमितिले तालमेल नगर्ने भएको छ ।

केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि यहाँ तालमेल नगरर्ने नगरसमितिले जनाएको छ ।

स्थानीय तहको निर्वाचनमा एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।

२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी ९राजपा० बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए ।

साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।

नगर सभापति मनोज साह उपमहानगरपालिकाको २५ वटै वडाले पनि गठबन्धन गर्न नहुनेमा जोड् दिएको बताउँछन् । ‘त्यो ग्रास रुटको म्यान्डेड त्यसलाई मानेर हमी अघि बढ्छौं’ साहले भने, ‘नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय नै गरेको छ ।

यस्तो अवस्थामा हामी गठबन्धनमा जान्नौं ।’

उनले कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने र अन्यथा नमान्ने बताउँछन् ।