जनकपुरधाम : स्थानीय तहको निर्वाचन नजिकिएको बेला पत्रकार सुरेश यादव जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

 

कांग्रेसका केन्द्रीय सदस्य आनन्द ढुंगानाले पत्रकार यादवलाई पार्टीमा भित्र्याएका हुन् । प्रेस मञ्च नेपालका मधेस प्रदेशका कार्यवाहक अध्यक्षसमेत रहेका यादव सबैला नगरपालिकाका मेयरका आकांक्षी थिए ।

एक दशक बढी राष्ट्रिय मिडियामा काम गरेका यादव सबैला नगरपालिकाको मेयरमा चुनाव लड्नकै लागि जसपामा प्रवेश गरेका थिए ।

 

बिना लेनदेन कांग्रेसमा प्रवेश गरेको यादवले बताए । उनले  भने, ‘मेयरको टिकट विषयमा कुनै सहमती भएको छैन् । तर छलफल चलिरहेको छ ।’