७ बैशाख बोदे बर्साईन /उमेश कुमार साह 

सप्तरी जिल्ला स्थित इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक बिरेन्द्र कुमार पासवान र इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रमुख प्रहरी निरीक्षक उमा शंकर प्रसाद साहलाई सामुहिक रुपमा बिदाई गरेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय बोदे बर्साईनमा आयोजित बिदाई तथा फेरि भेटौला कार्यक्रममा बोल्ने वक्ताहरुले कार्यालयमा रहँदा शान्ति सुरक्षा कायम गर्न सफल भएको भन्दै प्रशंसा पत्र सहित खादा, अबिर र दोसल्ला लगाएर बिदाई गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि नेताकार्याकर्ता , प्रहरी, ब्यापारी , पत्रकार लगायतका स्थानीय सस्थाहरुले प्रमुख पासवान र साहलाई बिदाई गरेका थिए ।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय बोदे बर्साईनको कार्यालय प्रमुख बरिस्ठ प्रहरी नायब निरीक्षक सुरेश कुमार पालले स्वागत समेत गरिएको छ ।

कार्यक्रमको सहजिकरण तथा उधघोसक पत्रकार उमेश कुमार सागले गरेका थिए ।