७ बैशाख बुधबार : उमेश कुमार साह

सप्तरी जिल्ला अदालतले बुधवार दुई जना प्रहरी निरीक्षकलाई सम्मान गरेको छ ।
ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा कार्यरत प्रहरी निरीक्षक विरेन्द्र कुमार पासवान र ईलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी निरीक्षक उमाशंकर प्रसाद शाहलाई सम्मान गरेको हो ।
विभिन्न अदालत र न्यायधिकरणको फैसला बमोजिम ठहर भएको कैद जरिवाना असूल फर्छयौटका क्रममा सक्रियता देखाएको भन्दै अदालतका प्रमुख जिल्ला न्यायधिश चन्द्रमणी ज्ञवालीले उनीहरुलाई कदरपत्र प्रदान गर्दै सम्मान गरेका हुन् ।
कदरपत्र प्राप्त गर्दै प्रहरी निरीक्षक पासवानले सप्तरीमा कार्यरत रहँदा पाएको सम्मानले थप जिम्मेवार भएर काम गर्ने हौसला प्रदान गरेको बताए । उनले न्याययिक निकायबाट कदर पत्र पाएपछि गौरवान्ति भएको प्रतिक्रिया दिए । “यो कदर पत्रले अझै पनि जिम्मेवार भएर काम गर्ने हौसला प्रदान गरेको छ, देश, जनताको सेवा र र राज्यले दिएको अधिकार क्षेत्र भित्र रहेर सदैव उच्च मनोवलका साथ काम गर्नेछु” उनले भने ।
यस्तै अर्का प्रहरी निरीक्षक साहले न्याय गर्ने अदालतले आफूलाई सम्मान दिने योग्य ठानेकोमा सप्तरी जिल्ला अदालत प्रति अभार प्रकट गरे । उनले प्रहरी सेवामा रहँदा प्रहरीलाई राज्यले प्रदान गरेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । “यो कदर पत्रले झनै भार थपेको छ, देशको जुनसकै स्थानमा रहेपछि कानुनको दायरामा रहेर देश र जनताको सेवामा सधै तत्पर रहने छु” उनले भने ।
अदालतले गरेको फैसला कार्यान्वयनका लागि प्रहरी निरीक्षक पासवानले २०७७ असोज ११ गते देखि हाल सम्ममा ४५९ जना फरार प्रतिवादीलाई पक्राउ गरेका छन् । उनीहरुको जम्म कैद ८० वर्ष ५ महिना २१ दिन रहेको छ भने एक करोड छ लाख ३४ हजार बराबरको माल समान भन्सान बुझाईएको ईलाका प्रहरी कार्यालय कडरवोनाले जनाएको छ । यसै गरी पासवानले हराएरको मानिस २१ जना, ट्रक १ थान, पिकअप ३, मोटरसाईकल १, ट्याकटर १ र हराएको मोवाईल ३३ थान लगायतका सामानको खोजी गरी सम्बन्धित व्यक्तिलाई बुझाएका छन् ।
प्रहरी निरीक्षक शाह २०६ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनमा सघाएका छन् । यसअघि सप्तरीमा लागुऔषध नियन्त्रणमा उत्कृष्ट काम गरेको वापत आईडिया नेपाल नामक गैर सरकारी संस्थाले दुबैलाई प्रसंशा पत्र सहित सम्मान गरेका थिए । माई सन्चार