एजेन्सी

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्ली सत्तारूढ भारतीय जनता पार्टीका स्थानीय नेताको गोली हानी हत्या गरिएको छ।

 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पूर्वीदिल्लीमा बुधबार साँझ भाजपाका स्थानीय नेता जितु चौधरीलाई अज्ञात समूहले गोली हानेको थियो। गोली लागेका चौधरी छटपटाइरहेको स्थानीयले देखेका थिए। त्यहीबेला प्याट्रोलिङमा रहेको प्रहरी टोली घटनास्थल पुगेको थियो।

 

घाइते चौधरीलाई  निजी गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो। अस्पतालमा डाक्टरहरूले उनलाई मृत घोषणा गरेका थिए।

 

चौधरी भाजपाका जिल्ला मन्त्री थिए। प्रहरीले उनीमाथि गोली हान्नेहरू पत्ता लगाउन  सिसिटिभी फुटेज अध्ययन गरिरहेको बताएको छ।