एजेन्सी

अफगानिस्तान : अफगानिस्तान मा भएका दुई बम विस्फोटमा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

पहिलो विस्फोट मजार-ए-शरीफ सहरको मस्जिद नजिक भएको थियो। उक्त विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने ५८ जनाभन्दा बढी घाइते भएका छन्। घाइत‍ेमध्ये ३२ जनाको अवस्था गम्भीर रहेको छ।

दोस्रो विस्फोट कुन्दुज सहरको एक प्रहरी चौकी नजिकै भएको थियो। प्रहरी प्रवक्ताका अनुसार विस्फोटमा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन्।

अफगानिस्तानको समाचार आउटलेट टोलो न्यूजको रिपोर्ट अनुसार पहिलो विस्फोट शिया समुदायको सबैभन्दा ठूलो मस्जिदमध्ये एक मजार(ए(शरीफको एक शिया मस्जिद नजिक भएको थियो।