एजेन्सी : इटालीमा फेरि कोभिड संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । शनिबार एकैदिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् ।

कोभिडका कारण त्यहाँ १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो ।

हालसम्म इटालीमा कोभिडका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ । युरोपमा बेलायतपछि इटालीमा कोभिडका कारण धेरै मानिसहरूको मृत्यु भएको छ ।

इटालीमा अहिलेसम्म कोभिडबाट १ करोड ६१ लाख संक्रमित बनेका छन् । कोभिडका कारण शनिबार ९ हजार ९१४ जना अस्पताल भर्ना भएका थिए ।