सर्लाही : सर्लाहीमा ट्यांकरको ठक्करबाट आमाको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् ।

बुधवार विहान जिल्लाको बागमतीस्थित पूर्व पश्चिम राजमार्गमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा आमाको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा छोरा गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेर सप्तरीको राजविराज नगरपालिका–१ का ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको हो ।

यस्तै उनका २५ वर्षीय छोरा घाइते भएका छन् ।
दुर्घटना पश्चात दुबैजनालाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा आमाको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८३२५ नम्बरको तेल बोक्ने ट्यांकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

प्रहरीले ट्यांकर र चालकलाई नियन्त्रणमा लिएिका छन् ।