विराटनगर : भारतीय सुरक्षाकर्मीले नेपाल –भारतको सीमाक्षेत्र विराटनगरको इस्लामपुरमा हावइ फायर गरेका छन्।

विराटनगर–इस्लामपुरमा सीमा सुरक्षामा खटिएका भारतीय एसएसबीले तीन राउण्ड हवाइ फायर गरेका हुन्।

एसएसबीले दुई राउण्ड जमिन र एक राउन्ड आकाशतिर हवाइ फायर गरेको विराटनगर १८ का इस्लामपुरका स्थानीयले बताएका छन्।

एसएसवीले हवाइ फायर गरेपछि इस्लामपुर क्षेत्र आतंकित भएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले भारतीय क्षेत्रमा आन्तरिक कारणले गोली चलेको बताए। उनले अहिले अवस्था सामान्य भएको बताए।