एजेन्सी : पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र इन्धन बोकेको ट्रकसँग ठोक्किँदा केही यात्रु घाइते पनि भएका छन् ।

आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए ।

‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको छ । मृतकको संख्या अझै बढी हुन सक्छ’ जेलेन्स्कीले भने ।

मृतकका परिवारप्रति सहानुभूति प्रकट गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।