काठमाडौं – जोरपाटीमा मोबाइल चलाउँदा कौसीबाट लडेर युवक घाइते भएका छन् ।

दोलखा घर भई नारायणटारस्थित राई स्कुल नजिक बस्ने २० वर्षीय छेवाङ शेर्पा गम्भिर घाइते भएका हुन् ।

घरको तेस्रो तलास्थित रहेको उनको डेराको कौसीमा बसेर मोबाइल चलाउँदा उनी कौसीबाट अचानक खसेका हुन् ।छेवाङ शेर्पाको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।