महोत्तरी ।  गौशला नगरपालिका -५ स्थित निगौल चोकबाट असार ११ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा सहित सोही जिल्लाको सम्सी गाउँपालिका २ बस्ने २१ वर्षिय शेख नजामलाई पक्राउ गरेको छ ।

भारतबाट अवैध रुपले ट्याम्पुमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

त्यसवेला उक्त ट्याम्पु समेत बरामद गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बिओपी गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीले असार १० गते करीव ३ लाख रुपैयाँ बराबरको हार्डवयरका सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरीले
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ११ स्थित भाईरल रोडबाट बरामद गरेको हो । त्यसैगरी महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ५ स्थित पोखरभिण्डाबाट असार ११ गते सशस्त्र प्रहरीले ३ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको हो ।