काठमाडौं । पुँजी बजारमा प्राथमिक सेयरमात्र खरिद गर्ने लगानीकर्ता धेरै छन् ।

साधारण सेयर (आइपीओ) मा लगानी गरी राम्रो नाफा आर्जन सोचमा रहेका लगानीकर्ताले पैसा जोहो गर्ने समय आएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न क्षेत्रका २५ वटा कम्पनी आईपीओ निष्काशनका लागि अनुमतिको पाइपलाइनमा छन् ।

यी कम्पनीहरुले सम्बन्धित नियामक निकायबाट अनुमति लिएर सेबोनमा स्वीकृतिको पाइपलाइनमा करिब ३ वर्षयता २५ वटा कम्पनी कुल ६ अर्ब ४३ करोड ८७ लाख ९५ हजार ४ सय रुपैयाँ बराबरको ५ करोड ९१ लाख ३० हजार ४ सय ५४ कित्ता आइपीओ निष्काशनका लागि पाइपलाइनमा बसेका हुन् ।

आवश्यक प्रक्रिया पुरा गर्न सम्बन्धित कम्पनीहरुसँग समन्वय गरी पाइपलाइनमा बसेका आइपीओलाई चाँडै निष्काशनको अनुमति दिइने बोर्डले जनाएको छ ।