मधेशटप , संवाददाता । विद्यालयमा ‘आत्महत्या न्यूनिकरण’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।
समुदाय प्रहरी साझेदारी अवधारणा बमोजिम प्रहरी बृत्त बालाजु तथा सामुदायिक प्रहरी सेवा केन्द्र बोहराटारको संयुक्त आयोजनामा जिल्ला प्रहरी परिसर टेकु काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरत बहादुर बोहराको प्रमुख आथित्यतामा का.म.न.पा. १६ स्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटको सभा हलमा सिद्धार्थ बनस्थली र समृद्धि कलेजका कक्षा ११ र १२ मा अध्ययनरत अं. ४०० जना विद्यार्थीहरुलाई “आत्महत्या न्यूनिकरण” सम्बन्धी बिषयमा नेपाल प्रहरी अस्पताल महाराजगञ्जका प्रहरी उपरीक्षक डा. आशिष दत्तद्वारा प्रशिक्षण प्रदान गरिएको ।
विद्यालयका प्राचार्य, शिक्षक-शिक्षिका, बिद्यार्थीहरु, लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका पदाधिकारीहरु र सामुदायिक प्रहरी सेवा केन्द्रका पदाधिकारीहरुको उपस्थिति रहेको उक्त कार्यक्रम ११:०० बजे समाप्त भएको ।
Discussion about this post