मधेशटप,संवाददाता । उन्मोचित धानका जातीय गुणहरु र सिफारिस क्षेत्र गरिएको छ ।

१. घैया-३: मोटो दाना, छिटो पाक्ने (११० दिन), पहाडको टार तथा तराईका वर्षामा आधारित माथिल्लो-क्षेत्र/बारी (upland) का लागि उपयुक्त

२. खुमल बासमती-१६: मध्यम दाना, उच्च उत्पादन क्षमता भएको, बास्नादार, मध्य-पहाडका सिंचित क्षेत्रका लागि

३. हर्दिनाथ-४: मध्यम दाना, रातो बाला, छिटो पाक्ने (११५ दिन) उच्च-उत्पादन क्षमता भएको, पहाडको बेशी, टार तथा तराईका वर्षामा आधारित तल्लो-क्षेत्र (lowland) का लागि

४. हर्दिनाथ-५: मध्यम लाम्चिलो दाना, पाक्ने समय १२५ दिन, उच्च-उत्पादन क्षमता भएको, नाइट्रोजन मल efficient पाइएको, पहाडको बेशी तथा तराईका सिंचित क्षेत्रका लागि

५. हर्दिनाथ-६: मसिनो दाना, पाक्ने समय १३५ दिन, उच्च-उत्पादन क्षमता भएको, पहाडको बेशी तथा तराईका सिंचित क्षेत्रका लागि

६. र ७. गंगासागर-१, गंगासगर-२: डुबान सहने गुण भएका, तराई/मधेशका डुबानको जोखिम क्षेत्रका लागि उपयुक्त