मधेशटप,संवाददाता , भदौ १९ गते । मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि धनुषा क्षेत्र नं. ३ र ४ का लागि महासेठ दम्पतीलाई उम्मेदवारका लागि सिफारिस गरेको छ।
एमालेको क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर ३ मा पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस गरिएको एमाले धनुषाका जिल्ला नेता बचनदेव पँजियारले जानकारी दिए ।
क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय एमाले धनुषाको जिल्ला कमिटी बैठकले प्रदेश कार्य समितिलाई निर्णय पठाउने छ ।
२०७४ को निर्वाचनमा महतो समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन् ।
Discussion about this post