उमेश कुमार साह : १९ मंसिर , सप्तरी ।
सप्तरी जिल्लाको बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख सहितको टोलिले विकास निर्माण कार्यको निरिक्षण गर्दै सडक निर्माण कार्यको उद्घाटन गरेको छ ।
विकास निर्माण कार्यको निरिक्षण गर्ने क्रममा सोमबार बोदे बर्साईन नगरपालिका वडा नं.६ स्थित अशिष घर देखि वडा कार्यालय जाने सडक निर्माणका लागि सडक बोर्ड र नगरपालिकाको साझेदारीमा निर्माण हुँदै आर सि सि सडक ढलान गर्ने कार्यको उद्घाटन तथा निरिक्षण गरेका छन ।
‘स्थानीय जनताको चाहनाअनुसार विकास तथा पूर्वाधार निर्माण कार्य पहिलो प्राथमिकता हो ।’ निरिक्षण तथा उद्घाटन क्रममा नगर प्रमुख यादवले भने, ‘यो सडक ढलान भएपछि दैनिक आवतजावत गर्ने यात्रुलाई सुविधा हुने विश्वास लिएको छु ।’
उद्घाटन क्रममा बोदे बर्साईन नगरपालिकाको नगर प्रमुख आतेश कुमार सिंह यादव सँगै उप- प्रमुख रेणु कुमारी साह ,प्रमुख प्रशासकीय अधिकृत घनश्याम यादव , वडा न ६ का अध्यक्ष राज कुमार यादव , इन्जिनियर बिनोद साह सहितको समुहले सडक बोर्ड साझेदारी कार्यक्रम अन्तर्गत सो योजनाको निरीक्षण तथा निर्माण कार्यको उद्घाटन गर्दै प्रगतिको अवस्थाका वारेमा जानकारी लिएका थिए।
निरिक्षण तथा निर्माण कार्यको उद्घाटनमा पदाधिकारीहरु र स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।
सडक निर्माणका लागि सडक बोर्डको लागत रकम ६८४३५२२ , नगरपालिकाबाट रकम १९५५२९२ र जन सहभागिता रकम ९७७६४६ गरि जम्मा रकम ९७७६४६० को लागतमा आधुनिक डिजाइनको आर सि सि सडक ढलान हुँदै वडा अध्यक्ष राज कुमार यादवले बताए ।
Discussion about this post