उमेश कुमार साह :२५ मंसिर आइतबार
सुधारका लागि सबै सराेकारवाला सक्रिय हुनुपर्ने बताउनु भयाे । सिमित श्राेत र साधनका बाबजुत शिक्षा क्षेत्रकाे विकासका लागि नगरपालिका देखि वडा कार्यालय लागिरहेकाे उहाँकाे भनाइ छ ।
बोदे बर्साईन नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख रामसागर यादवले भने छाेरा र छाेरीमा विभेद नगरी समान रुपले शिक्षा प्राप्त गराउन अभिभावकले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रम पश्चात् केही न केही उपलब्धि हुनुपर्ने उहाँको भनाइ छ ।
प्रमुख यादवले भने समग्र विद्यालयको प्रतिबेदन सहित शैक्षिक अवस्था, सिकाई उपलब्धि, शैक्षिक सुधारका लागि गरिएका प्रयास, समस्या लगायतका विषयमा जानकारी गराईएकाे थियाे ।
बोदे बर्साईन नगरपालिकाका शिक्षा अधिकृत रामसागर यादवले कार्यक्रमकाे उद्देश्यका बारेमा जानकारी गराउँदै कक्षाकाेठाकाे सिकाई क्रियाकलाप प्रभावकारी बनाउनु पर्नेमा जाेड दिनुभयाे । सामुदायिक विद्यालयकाे गुणस्तर बढाउनुपर्ने भन्दै राज्यकाे लगानी, अभिभावकाे भावना तथा विद्यार्थीकाे चाहनालाई मुर्त रुप दिन सबै सराेकारवाला प्रतिबद्ध हुनुपर्नेमा उहाँकाे जाेड छ ।
नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था सुधार गर्ने विषय केन्द्रविन्दुमा परेको र यदि मानव विकासको लागि वनेका विद्यालयहरूवाट अपेक्षित नतिजा हासिल हुन सकेन भने आफुहरु अझै धेरै पछाडि पर्ने निश्चित भएको समेत शिक्षा अधिकृत यादवले औल्याएका छन । अब विद्यालयहरू हरेक व्यक्तिको पहिलो प्राथमिकतामा पर्नु जरूरी रहेको र विशेषगरी विद्यालयका मुख्य actors भनेका प्रअ र शिक्षक भएको र ७० प्रतिशत भन्दा वढी भूमिका शिक्षकसँग नै जोडिने उनको ठम्याइँछ ।
जिल्लाका मन्त्री, माननीय देखि सवै महत्वपूर्ण व्यक्तिको मध्यनजर विद्यालयका कक्षाकोठा हुनु पर्ने भन्दै तिनै कक्षाकोठावाट उत्पादित जनशक्ति राज्य निर्माणका मुख्य आधार हुने पनि उनले बताएका छन । यी कक्षाकोठाहरू व्यवस्थित वनाउन मुख्य लक्ष्य राख्न सकिएन भने अन्य विकासको दिगोपना कमजोर हुने मात्र नभई धराशायी हुने उनको भनाइ छ ।
उनले भनेका छन्, “हामी सुझाव दिदै गएका छौं, कार्यान्वयन गरेर राम्रा विद्यालय, सक्षम विद्यार्थी वनाउने जिम्मा शिक्षक मित्रहरूको हुनेछ भने त्यसलाई सहयोग गर्ने काम विद्यालय व्यवस्थापन समिति र अन्य सरोकारवालाहरूको हुनेछ । तपाईंहरूले नजानेकै त हैन कही कतै अध्ययन गर्दा पढेका सिद्धान्तहरू अहिले व्यवहारमा आएनन् की भन्ने मात्र हो । यदि बोदे बर्साईन नगरपालिकाका सरहरू सवै पक्षवाट विद्यालय प्रति समर्पित भएमा विद्यालय वास्तविक विद्यालय जस्ता वन्नेछन ।”
बोदे बर्साईन नगरपालिका भित्र रहेको माध्यमिक बिधालयमा निरीक्षण र अनुगमनको क्रममा शिक्षा शाखा प्रमुख यादवले दिएका सुझावहरुमा कक्षाकोठामा अधिकतम inductive methods प्रयोग गर्नु पर्नें, सिद्धान्तलाई व्यवहारमा जोड्न सिकाउनें, बालबालिकालाई व्यावहारिक ज्ञान दिने कोसिस गर्ने, राम्रो विद्यालयका indicators के के हुन जानेर पूरा गर्न प्रयत्न गर्ने, हरेका कार्यहरू शैक्षिक उपलव्धिसङ्ग जोडेर हेर्न कोसिस गर्ने, विद्यालयको भौतिक वातावरण मनोरम, आह ! भन्ने जस्तो बनाउनें, प्रसस्त सन्दर्भ सामग्री जुटाउने काम गर्नें, विद्यालयको अवस्था अनुसार नियम, आचारसंहिताहरू निर्माण गर्ने, बालबालिकाको समग्र विकासमा सहयोगी क्रियाकलापहरू गर्दै जाने रहेका छन ।
यसैगरी पठनपाठनका लागि उपयुुक्त वातावरण निर्माण गर्नें, विद्यालय सुशासनका मूख्य पक्षहरू व्यवस्थित बनाउने, बालमैत्री विद्यालय वातावरण निर्माण गरि शैक्षिक आकर्षण बढाउने, निरन्तर सुधार विधि keizen method अपनाउदै जानें, सिकारूको test गर्दै उसको अवस्था पहिचान गर्ने र सुधारको योजना वनाउने, उपचारात्मक शिक्षण गर्नें, वुझेका सवै प्रयासहरूलाई निरन्तरता दिदै जानें,
र राजनीतिवाट विद्यालय र शिक्षालाई टाढा राख्ने लगायत सुझाव शिक्षा अधिकृत यादवले दिएका छन । आफुहरु भविष्यको समाजलाई थप व्यवस्थित वनाउने जनशक्ति उत्पादनको जिम्मा लिएका मजदुर भएको भन्दै यदि अहिलेको सामाजिक विश्वासले भविष्यको समाजले थप ठूलो जिम्मेवारी दिनेछ भने आजको प्रयासलाई जीवन्त वनाउदै नजाने किन भनेर उनले प्रश्न समेत गरेका छन ।
प्रश्न गर्दै उनी भन्छन, “निरन्तर सुधारको कार्य योजना वनाई अगाडि वढ्ने जाँगर जागे कसो सुधार नआउला ? अपेक्षित उपलब्धि हासिल भई सन्तुष्टि प्राप्त किन नहोला ? राम्रो विद्यालयका राम्रा अभ्यासहरू अनुकरण गरौं, जिम्मेवार शिक्षक र सरोकारवाला वनौं, learn, unlearn & relearn लाई निरन्तरता दिऔं, हामी बोदे बर्साईन नगरपालिकाको शैक्षिक अवस्था उत्तम वनाउन सक्नेछौं ।
प्रमुख यादवका अनुसार हामीले विद्यालय बाहिर रहेका छोरी हरूका लागि टोल टोलमा किशोरी शिक्षा ल्याएका छौ। साक्षर नगरपालिका लागि साक्षरता शिक्षा चलेको माध्यमिक बिधालयको विद्यार्थीहरूबाट त्यसमा सहयोग गराउनु पर्छ आग्रह गरेका छन। नगर भित्रका सबै विद्यालयमा विजुली र ईटर नेट जडान भएकोमा त्यसको सही सदुपयोग गरे आधुनिक प्रविधिको पहुचमा पुगिन्छ , जसका लागि १२वटा कक्षाकोठामा स्माट कक्षा बनाउन सकेका छौ। नगर भित्रका धेरै बिधालयको बिधालय ब्यवस्थापन समिति गठन गरिसकेको छौ। जिल्लाकै हेर्ने हो भने बिधालय ब्यवस्थापन समिती गठन गर्नेमा हाम्रो नगरपालिका अगाडि रहेको प्रमुख यादवले बताए ।
Discussion about this post